सिटिजन्स क्यापिटलको १८औं साधारण सभा सम्पन्न, लाभांश बाड्ने प्रस्ताव पारित

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १८ गते
सिटिजन्स क्यापिटलको १८औं साधारण सभा सम्पन्न, लाभांश बाड्ने प्रस्ताव पारित

सिटिजन्स क्यापिटल लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा सोमबार काठमाडौं स्थित एटिक मिटिङ्ग हलमा सम्पन्न भएको हो ।

उक्त सभाले आव २०८०/८१ को मुनाफाबाट १५.५० प्रतिशत नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ । वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावहरुमा आव २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ ।

साथै, आव २०८१/८२ को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, संस्थाको नियमावली अनुसार गरिएको संचालकको नियुक्ति अनुमोदन र संचालकहरुको बैठक भत्ता परिमार्जन गरेको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स