सिटिजन्स क्यापिटल लिमिटेडद्वारा सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १, सिटिजन्स म्युचुअल फण्ड २, र सिटिजन्स सुपर ३० म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (असोज २२) रहेको छ।
लाभांश वितरण प्रयोजनका लागि यी तीन वटै म्युचुअल फण्डले भोलि असोज २३ मा बुक क्लोज गर्दैछन्, जसअनुसार आजसम्म कायम रहेका इकाइधनीहरूले मात्र फण्डले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
सिटिजन्स म्युचुअल फण्ड १ ले करसहित ९ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड २ ले करसहित ६.५ प्रतिशत, र सिटिजन्स सुपर ३० ले करसहित १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ। आजसम्म इकाइधनीहरूले आफ्नो इकाइ सुरक्षित नगरेको खण्डमा, लाभांश प्राप्त गर्न असमर्थ हुनेछन्।















प्रतिकृया