सिईडिबि हाइड्रोपावरको बोनस सेयर बापतको कर लगानीकर्ताले तिर्नु नपर्ने 

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ३१ गते
सिईडिबि हाइड्रोपावरको बोनस सेयर बापतको कर लगानीकर्ताले तिर्नु नपर्ने 

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कर बापतको रकम तिर्नु नपर्ने  बताएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै  बोनस सेयर  बापतको कर रकम कम्पनी स्वंयमले तिर्ने जानकारी दिएको हो ।

कम्पनीले आइतवार साधारण सभाको सूचना प्रकाशित गर्दै ११ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको थियो । बोनस शेयर बापत् तिर्नुपर्ने कर बापतको नगद लाभांश घोषणा नभएपछि  आलोचना उत्पन्न  भएको थियो । कम्पनीले प्रेस विज्ञप्ति मार्फत स्पष्ट पार्दै आयकर ऐन २०५८ को दफा ५४ (३) बमोजिम कर कट्टी पछि प्राप्त लाभांश आम्दानीबाट लाभांश वितरण गर्दा पुनः कर तिर्नु नपर्ने प्रावधान रहेको छ ।

सोही प्रावधान अनुरूप अघिल्लो साधारण सभामा बोनस सेयर बापत करको लागि छुट्याइएको रकम असोज २१ गतेको साधारण सभामा स्वीकृत हुने बोनस सेयरको लागि पनि पर्याप्त रहेको कम्पनीले बताएको छ ।कम्पनीले ११ प्रतिशत बोनस सेयर जारी गरेपश्चात कायम रहेको चुक्ता पुँजीको ५४ दशमलव ५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव समेत साधारण सभामा पेश गरेको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स