instainsta

सानिमा माई हाईड्रोद्वारा पुरानो नगद लाभांश रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १४ गते
सानिमा माई हाईड्रोद्वारा पुरानो नगद लाभांश रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह
AdvertisementAds

सानिमा माई हाइड्रोपावर  लिमिटेडले पुरानो नगद लाभांश रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीको विभिन्न साधारण सभाहरूबाट पारित लाभांश लिन बाँकी सेयरधनीहरूलाई बुझिलिन कम्पनीले आग्रह गरेको हो ।

सम्बन्धित सेयरधनीहरूले काठमाडौंको नक्सालस्थित कम्पनीको सेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश बुझिलिन सक्नेछन् । हालसम्म पनि आफ्नो सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरूले यथाशीघ्र गराई आफ्नो लाभांश प्राप्त गर्न समेत कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

साथै, तोकिएको म्यादभित्र सेयरधनीहरूले लाभांश बुझि नलिएमा सम्बन्धित सेयरधनीको लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जानकारी गरेको छ ।

#Bajarkochirfar #bazarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स