सानिमा माई हाईड्रोपावरका दुई आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ११ गते
सानिमा माई हाईड्रोपावरका दुई आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु

सानिमा माई हाईड्रोपावर लिमिटेडद्वारा सञ्चालित माई जलविद्युत केन्द्र (२२ मेवा) र माई क्यास्केड जलविद्युत केन्द्र (७ मेवा) फागुन १० गतेदेखि पुनः विद्युत उत्पादनमा फर्किएका छन्।

गत असोज १८ गते आएको अविरल वर्षाका कारण माई खोलामा आएको बाढी र पहिरोले यी आयोजनाहरू केही समयका लागि बन्द भएका थिए। बाढीले हेडवर्क्स क्षेत्रका संरचनाहरूमा क्षति पुर्‍याएको थियो। तर हेडरेस कल्भर्ट र फ्लसिङ चेम्बरको मर्मत र परीक्षण कार्य सम्पन्न भएपछि दुवै जलविद्युत केन्द्र पुनः सञ्चालनमा आएको कम्पनीले जनाएको छ। यससँगै विशेष परिस्थिति पनि समाप्त भएको बताइएको छ।

Sanima Mai Resumes Power Gener https://bajarkochirfar.com/electricity-generation-resumes-from-two-projects-of-sanima-mai-hydropower | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स