साउदी अरबमा मृत्युदण्डको तथ्याङ्कले रेकर्ड तोडेको छ। सन् २०२४ मा मात्र १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड दिइएको छ । यो वर्ष मृत्युदण्ड पाउने विदेशीको संख्या १०१ पुगेको छ । शनिबार एक यमनी नागरिकलाई लागूऔषध तस्करीको आरोपमा दक्षिण–पश्चिमी क्षेत्र नजरानमा मृत्युदण्ड दिइएको थियो । योसँगै यस वर्ष साउदीमा मृत्युदण्डको सजाय पाउने विदेशीको कुल संख्या १०१ पुगेको छ । यो संख्या विगत तीन वर्षको तुलनामा झण्डै तीन गुणा बढी हो ।
साउदी अरबमा सन् २०२३ र २०२२ मा ३४–३४ जनालाई मृत्युदण्ड दिइएको थियो । अहिले पछिल्लो तथ्यांकले विदेशीलाई मृत्युदण्ड दिने घटना झण्डै तीन गुणा बढेको देखाएको छ । यस वर्ष मृत्युदण्डको सजाय सुनाइएका विदेशीमध्ये सबैभन्दा बढी २१ जना पाकिस्तानका छन् । त्यस्तै, यमनका २०, सिरियाका १४, नाइजेरियाका १०, इजिप्टका ९, जोर्डनका ८ र इथियोपियाका ७ जनाको नाम सूचीमा छ । सुडान , भारत र अफगानिस्तानका तीन–तीन जना र श्रीलंका, इरिट्रिया र फिलिपिन्सका एक–एक जनालाई पनि फाँसी दिइएको छ ।















![Nepse Gap Fill नगरी माथि जान सक्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/l0iAiQQCcl4-maxresdefault-150x150.jpg)

![घरजग्गा मार्फत कसरी हुन्छ सम्पत्ति शुद्धिकरण ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/r-yxcMlaEZg-maxresdefault-150x150.jpg)


प्रतिकृया