सरकारले सुनचाँदीमा लाग्ने भन्सार शुल्क घटायो

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १० गते
सरकारले सुनचाँदीमा लाग्ने भन्सार शुल्क घटायो

सरकारले सुन र चाँदीमा लाग्ने भन्सार महसुल घटाएको छ। मंसिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले सुनमा २० प्रतिशतबाट १० प्रतिशत र चाँदीमा १५ प्रतिशतबाट १० प्रतिशत बनाउने निर्णय गरेको हो। चालु आर्थिक वर्षको बजेटमार्फत बढाइएको भन्सार महसुलले नेपाली बजारमा सुन महँगो हुन पुगेको थियो, जसका कारण सुनको तस्करी बढ्न थालेको र औपचारिक आयात घटेको देखिएको थियो।

नेपाली सुन चाँदी व्यवसायीहरूले भन्सार महसुल घटाउन माग गर्दै विरोध प्रदर्शनसमेत गरेका थिए। भारतले पनि चालु आर्थिक वर्षको बजेटमार्फत सुन र चाँदीको भन्सार दर घटाएपछि त्यहाँ सुनका गहनाको मूल्य २५ प्रतिशतसम्म सस्तो हुँदा नेपालको व्यवसायीहरूमा दबाब बढेको थियो। भन्सार विभागका तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म नेपालमा १ अर्ब ४२ करोड रुपैयाँ बराबरको मात्र सुन आयात भएको छ।

भन्सार महसुल घटेपछि नेपाली बजारमा सुन र चाँदीको मूल्य कम हुने र भारतीय बजारसँग मूल्यको अन्तर घट्दा तस्करीलाई निरुत्साहित गर्ने अपेक्षा गरिएको छ। यस कदमले औपचारिक माध्यमबाट हुने आयातलाई प्रवर्द्धन गर्ने र व्यवसायीलाई राहत दिने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स