सन नेपाल लाइफ इन्स्योरेन्ससनले गर्यो पोखरामा भव्य मार्केटिङ मेनेजर इन्स्टलेसन कार्यक्रम

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १२ गते
सन नेपाल लाइफ इन्स्योरेन्ससनले गर्यो पोखरामा भव्य मार्केटिङ मेनेजर इन्स्टलेसन कार्यक्रम
Advertisement Ads

सन नेपाल लाइफ इन्स्योरेन्सले आश्विन मसान्तसम्म नियुक्त हुने मार्केटिङ्ग मेनेजरहरुलाई ग्राण्ड होटेल पोखरामा २०८१ कार्तिक ९ र १० गते १ रात २ दिनको मार्केटिङ्ग म्यानेजर इन्स्टलेसन प्रोग्राम टाइटल को ग्राण्ड कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाइ, ट्रेनर तथा लाइफ कोच रविन कटुवाल लगायत प्रदेश प्रमुख तथा विभिन्न शाखा प्रमुखहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा देशैभरबाट ५०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

कार्यक्रममा कम्पनीको ब्राण्ड एम्बेसडर कुञ्जना घिमिरे (सुन्तली) ले अभिकर्ता मार्फत सामाजिक रुपमा सेवा प्रदान गराउँदै ब्यवसायिक रुपमा अर्थोपार्जन गर्न सकिने बताएको र महिलाहरुले गृहिणीको रुपमा मात्र सिमित नरही ब्यवसायिक रुपमा अभिकर्ता मार्फत र आत्मनिर्भर र सामाजिक रुपान्तरण गर्न आग्रह गरेका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालज्यूले यस डिजिटल युगमा डिजिटल साक्षरताको महत्त्वबारे चर्चा गरे। उनले यस प्रतिस्पर्धात्मक युगमा डिजिटलाइजेसनले अभिकर्ताहरुलाई सफल बनाउन कसरी मद्दत गर्न सक्छ भन्ने कुरामा मार्ग दर्शन पनि दिए। साथै, उनले आफ्ना अभिकर्ताहरुलाई अझ राम्रो कार्य सम्पादन गर्न र ग्राहकलाई सुरक्षित जीवनको प्रत्याभूति दिलाउन नवीनतम योजनाहरु ल्याउन काम गरिरहेको जानकारी दिए ।

WhatsApp Image 2024 10 27 at 16.32.38 scaled https://bajarkochirfar.com/%e0%a4%b8%e0%a4%a8-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b2%e0%a4%be%e0%a4%87%e0%a4%ab-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%b0%e0%a5%87%e0%a4%a8-6 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स