संबिधान संसोधन ,परिमार्जन ,पुरनावलोकन भन्नुभन्दा विकास गर्नुपर्छ :पूर्वसभामुख अग्नि सापकोटा

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन १ गते
संबिधान संसोधन ,परिमार्जन ,पुरनावलोकन भन्नुभन्दा विकास गर्नुपर्छ :पूर्वसभामुख अग्नि सापकोटा

पूर्वसभामुख अग्नि सापकोटाले संविधानको संशोधन, परिमार्जन, वा पुनरावलोकनभन्दा त्यसको विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्। संविधान दिवसको अवसरमा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले नेपालको संविधान २०७२ को राम्रो अभ्यासनै नभएको बताउँदै महत्वपूर्ण पक्षहरू अझै लागू हुन नसकेको औंल्याए।

सापकोटाले संविधानलाई संशोधन गर्न सकिने दस्तावेजको रूपमा व्याख्या गर्दै भने, “संविधान संशोधन गर्न असम्भव होइन, तर संशोधन, परिमार्जन, र पुनरावलोकनभन्दा यो दस्तावेजको विकास गर्नु आवश्यक छ।” उनका अनुसार संविधानलाई अझ अग्रगामी, प्रगतिशील, र जनताको हक अधिकारलाई थप फराकिलो बनाउँदै अघि बढाउन सकिन्छ।

संविधान संशोधनको बहसलाई सम्बोधन गर्दै उनले भने, “संविधानले सुशासन, समृद्धि, र सेवाप्रवाहमा कुनै अवरोध गरेको छैन। अहिलेको प्राथमिकता संविधान संशोधन नभएर यी महत्वपूर्ण विषयहरूमा केन्द्रित हुनु हो।” उनले थपे, “संविधानको समीक्षा गर्ने समय एक दशक भनिएको छ। यदि संशोधन गर्नुपर्ने हो भने, अग्रगामी र समावेशी ढंगले गरिनुपर्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स