मनकामना इन्जिनियरिङ हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४४ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा कम्पनी ४७.७५ लाख रुपैयाँ नोक्सानमा थियो। विद्युत् बिक्रीबाट भएको आम्दानी ३ करोड ५४ लाख रुपैयाँबाट बढेर ४ करोड ५७ लाख रुपैयाँ पुग्दा कम्पनी नाफामा रहेको हो ।
हालसम्म कम्पनीको कुल नाफा ३ करोड ७२ लाख रुपैयाँ पुगेको छ। असोज मसान्तसम्म वित्तीय खर्च १.९९ करोड ऋणात्मक रहेको छ भने सञ्चालन तथा प्रशासनिक खर्च ९.६७ लाख घाटामा रहेको छ।कम्पनीको चुक्ता पुँजी ८० करोड पुगेको छ तर रिटेन अर्निङ भने २५ करोड १२ लाख रुपैयाँ ऋणात्मक छ। साथै, प्रतिसेयर आम्दानी ३९ पैसा र प्रतिसेयर नेटवर्थ ६८.५९ रुपैयाँ रहेको छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया