प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले असोज २३ गते वार्षिक साधारण सभा बोलाएको छ । भदौ २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज २३ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, कम्पनीले यसअघि घोषणा गरेको १७ प्रतिशत हकप्रद सेयरलाई परिमार्जन गरी बोनस सेयर वितरणपछि कायम हुने पुँजीको ७ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरुको विषयमा छलफल हुने र लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ।
















प्रतिकृया