स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश प्रस्ताव सहित मंसिर २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान साढे ९ बजे सुरु हुनेछ ।
सभामा बैंकले ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद (कर सहित) गरी कुल २५.५० प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।
सभा प्रयोजनका लागि यस बैंकले मंसिर ६ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार, मंसिर ५ गते (बुधबार) सम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।














![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)





प्रतिकृया