सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले असोज २३ गते आनमोल ब्यांकेट, शंखमुल काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो।
सभाले गत आर्थिक वर्षको नाफाबाट १८.३८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्ने र आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले असोज ११ गते बुक क्लोज गर्ने जनाएको छ । तसर्थ, असोज १० गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित बोनस पाउने सक्नेछन् ।
















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया