राष्ट्रियसभाः डढेलो नियन्त्रणमा सक्रिय हुन आग्रह

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख २८ गते
राष्ट्रियसभाः डढेलो नियन्त्रणमा सक्रिय हुन आग्रह

राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता देवेन्द्र दाहालले देशका विभिन्न स्थानमा पछिल्लो समयमा भएको वन जङ्गलको डढेलो र आगलागी नियन्त्रणका लागि सरकारले सक्रियता पूर्वक काम गर्नुपर्ने माग गरेका छन् ।

सभाको बर्खे अधिवेशन तथा १६औँ अधिवेशन प्रारम्भ भएको अवसरमा दलका तर्फ बाट मन्तव्य राख्दै नेता दाहालले आगलागी बाट प्रभावित भएकाहरुलाई क्षतिपूर्ति दिन पनि आग्रह गरे ।

फरक सन्दर्भमा उनले नेपालको परिमार्जित राजनीतिक नक्सालाई नोटलाई समावेश गर्न लागिएका विषयमा अन्य देशको चासो छ भन्ने नाममा रोक्न आवश्यक नभएको धारणा राखे । नेता दाहालले सो विषयमा राष्ट्रपति रामचन्द्र पौडेलका एक सल्लाहकारले फरक मत सार्वजनिक हुनुलाई उचित नभएको टिप्पणी गरे  ।

#bajarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स