राष्ट्रियसभाः डढेलो नियन्त्रणमा सक्रिय हुन आग्रह
राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता देवेन्द्र दाहालले देशका विभिन्न स्थानमा पछिल्लो समयमा भएको वन जङ्गलको डढेलो र आगलागी नियन्त्रणका लागि सरकारले सक्रियता पूर्वक काम गर्नुपर्ने माग गरेका छन् ।
सभाको बर्खे अधिवेशन तथा १६औँ अधिवेशन प्रारम्भ भएको अवसरमा दलका तर्फ बाट मन्तव्य राख्दै नेता दाहालले आगलागी बाट प्रभावित भएकाहरुलाई क्षतिपूर्ति दिन पनि आग्रह गरे ।
फरक सन्दर्भमा उनले नेपालको परिमार्जित राजनीतिक नक्सालाई नोटलाई समावेश गर्न लागिएका विषयमा अन्य देशको चासो छ भन्ने नाममा रोक्न आवश्यक नभएको धारणा राखे । नेता दाहालले सो विषयमा राष्ट्रपति रामचन्द्र पौडेलका एक सल्लाहकारले फरक मत सार्वजनिक हुनुलाई उचित नभएको टिप्पणी गरे ।
#bajarkochirfar