राष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई शुभकामनासहित बिदाई

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण ४ गते
राष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई शुभकामनासहित बिदाई

राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस ओलम्पिकमा भाग लिने खेलाडीहरुलाई शुभकामनासहित बिदाई गरेका छन् ।शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकमा भाग लिने सात खेलाडीसहित अफिसियललाई शुभकामनासहित बिदाई गरेका हुन् ।

फ्रान्सको पेरिसमा  जुलाई २६ देखि अगष्ट ११ सम्म आयोजना हुने ३३औं गृष्मकालिन ओलम्पिकमा नेपालबाट ७ खेलाडीले सहभागिता जनाउने भएका छन् । नेपाल ओलम्पिक कमिटीका अनुसार, प्रतियोगितामा चार महिला र तीन पुरुष सहभागी हुदै छन् ।

नेपालबाट ब्याडमिन्टनमा प्रिन्स दाहाल, टेवल टेनिसमा सान्टू श्रेष्ठ र सुटिङमा सुस्मिता नेपालले प्रतिस्पर्धा गर्नेछन् । यस्तै पौडीमा अलेक्जेन्डर शाह र डुवाना लामा, एथ्लेटिक्समा सन्तोषी श्रेष्ठ र जुडोमा मनिता श्रेष्ठ प्रधानले भाग लिनेछन् ।भवनको निर्माण ढिलाई: सभामुख घिमिरेले गरे उपप्रधानसहित अधिकारीहरुसँग छलफलकाठमाडौँ । सभामुख देवराज घिमिरेले सिंहदरबारमा निर्माणाधीन संसद भवनको ढिलाई बारे उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसहितका अधिकारीहरुसँग छलफल गरेका छन् ।

शुक्रबार बिहान सभामुख घिमिरेले संसद भवन निर्माणको ढिलाई बारे उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, सचिव, भवनका महानिर्देशक र संसद भवन निर्माण आयोजना प्रमुखसहितका उच्च अधिकारीहरुसँग छलफल गरेका हुन् ।

साउन २ गते सभामुख घिमिरे निर्माणाधिन संसद भवन पुग्दा कामदारको संख्या न्यून रहेको र तीन सिफ्टमा काम गर्ने सम्झौता रहेकोमा एक सिफ्टमा मात्र काम भैरहेको पाएपछि उनले छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको हो ।

अहिलेसम्म संसद भवनको ८२ प्रतिशत निर्माण प्रगति भनिए पनि निर्माण भएको संरचनाले त्यस्तो पुष्टि गर्न नसकेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स