राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ६ गते
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले स्वर्गीय ढुङ्गानाको निवासमा पुगेर उनिप्रति श्रद्धाञ्जली  व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् ।

पूर्वसभामुख ढुङ्गानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा गत आइतबार निधन भएको थियो। उनि लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स