रवि लामिछानेको हिरासत म्याद थपबारे बहस सकियो, आदेशको प्रतीक्षामा

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २० गते
रवि लामिछानेको हिरासत म्याद थपबारे बहस सकियो, आदेशको प्रतीक्षामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि चलिरहेको सहकारी ठगी अभियोगमा थप अनुसन्धानका लागि प्रहरीले २५ दिनको म्याद थप गर्न आग्रह गरेको छ। कास्की जिल्ला अदालतमा सोमबार पेश गरिएको मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीको यो माग अघि सारिएको हो।

अधिवक्ताहरू नारायण घिमिरे, नारायण कँडेल, र सुशील पन्तको नेतृत्वमा लामिछानेको पक्षले अनुसन्धान भइसकेकाले उनलाई तत्काल रिहा गर्नुपर्ने तर्क राखेका छन्। तर, पीडितको पक्षबाट अधिवक्ता युवराज पराजुली र सरकारी वकिल कार्यालयकी सविता काफ्लेले भने लामिछानेमाथि थप अनुसन्धान आवश्यक रहेको भन्दै प्रहरीको म्याद थपको मागलाई समर्थन गरेका छन्।

कास्की जिल्ला अदालतमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा दुबै पक्षबीच बहस पूरा भएको छ। यद्यपि, लामिछानेलाई हिरासतमा राख्ने वा रिहा गर्नेबारे न्यायाधीश पौडेलले अहिलेसम्म कुनै निर्णय सुनाएका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स