मानुषी लघुवित्तको ७ लाख कित्ता सेयरको लकइन अवधि समाप्त

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ७ गते
मानुषी लघुवित्तको ७ लाख कित्ता सेयरको लकइन अवधि समाप्त

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको लकइन अवधि आज (शुक्रबार, भदौ ७ गते) समाप्त भएको छ । स्वामित्वमा रहेको ७ लाख कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ५ हजार ४६९ कित्ता गरी कुल ७ लाख ५ हजार ४६९ कित्ता शेयरको लक–इन अवधि समाप्त भएको हो ।

कम्पनीले २०७८ साउन २७ गतेदेखि ३१ गतेसम्म कर्मचारी समेत सर्वसाधारणमा आईपीओ निष्काशन गरी भदौ ७ गते बाँडफाँड गरेको थियो । सर्वसाधारणमा आईपीओ बाँडफाँड भएको मितिले ३ वर्षसम्म संस्थापक र  कर्मचारीको  सेयर लक इनमा  रहने व्यवस्था रहेको छ। सोहि सेयरको  लकइन अवधि समाप्त भएको हो।

लक–इन अवधि समाप्त भए संगै यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् । तर, ‘लक इन’ अवधि समाप्त हुने सेयरमध्ये सञ्चालक सदस्यहरूको स्वामित्वमा रहेको र कम्पनीको उच्च तहका कर्मचारीहरूले भने सेयर खरीद बिक्री गर्न पाउने छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स