प्रभु बैंकले ६ लाख ५६ हजार २३४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा जोकोही व्यक्ति वा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसअघि उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । संस्थापक सेयरधनीबाट तोकिएको आवधिभित्र आवेदन नआए पश्चात् सर्वसाधारणका लागि सेयर बिक्रीमा ल्याएको हो।
इच्छुक लगानीकर्ताले सेयर खरिदको लागि आवश्यक कागजातसहित १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन ।
#BajarkoChirfar










![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)





![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)



प्रतिकृया