प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकले उल्लेख्य सुधार गरेको छ । बैंकले अघिल्लो वर्ष सोही अवधिमा २८ करोड रुपैयाँ मात्र नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी १९.४३ प्रतिशतले बढेर १२ अर्ब २ करोड २५ लाख रुपैयाँ नाघेको छ । तेस्तै, बैंकको सञ्चालन नाफा पनि ३५४.६२ प्रतिशतले बढेर ७ अर्ब ५ करोड रुपैयाँ नाघेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकले १ अर्ब ५५ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
हाल प्रकाशित विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १७ रुपैयाँ ८४ पैसा बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २२ करोड रुपैयाँ रहेको छ।




















प्रतिकृया