नेशनल लाइफ इन्स्योरेन्सको ‘मिट द सिइओ’ कार्यक्रम सफलतापूर्वक सम्पन्न

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन ४ गते
नेशनल लाइफ इन्स्योरेन्सको ‘मिट द सिइओ’ कार्यक्रम सफलतापूर्वक सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मासिक स्किम अन्तर्गत लक्ष्य पूरा गर्ने अभिकर्ताहरुलाई “मिट द सिइओ” कार्यक्रम आयोजना गरेको छ। यस विशेष कार्यक्रममा, योग्य अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कार र डिनरको अवसर प्रदान गरिएको थियो।

मधेश प्रदेशबाट छनोट भएका करिब ३० जना अभिकर्ताहरु, विभागीय प्रमुख, प्रदेश प्रमुख, र शाखा प्रमुखहरूको उपस्थितिमा, प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरूको परिश्रमको कदर गर्दै मायाको चिनो प्रदान गरे। साथै, अर्ली क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्ने अभिकर्ताहरुलाई विशेष सम्मान प्रदान गरियो।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले मधेश प्रदेशमा पहिलोपटक आयोजित यस सम्मान समारोहको बारेमा जानकारी दिँदै, “मिट द सिइओ” स्किम अत्यन्त सफल भएको बताए। यस स्किममा नेपालभरबाट ३०० भन्दा बढी अभिकर्ताहरू छनोट भएका थिए, जसमध्ये ३० जना मात्र मधेश प्रदेशबाट थिए।

सहभागी अभिकर्ताहरूले बीमा व्यवसायमा भोगिरहेका समस्याहरू, गुनासाहरू, र कम्पनीले सुधार गर्नुपर्ने पक्षहरूको बारेमा सिइओ समक्ष छलफल गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे।

कार्यक्रमले अभिकर्ता र सिइओ बीच प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर प्रदान गरेकोले दुवै पक्षलाई फाइदा पुर्‍याउने बताइएको छ। सहभागीहरूले भविष्यमा पनि यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूको आयोजना गर्न सुझाव दिएका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स