नेपाल ल्यूब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असोज २ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लभांश वितरण प्रयोजनार्थ असोज ४ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो। असोज ३ गते संबिधान दिवसको अवसरमा बिदा भएका कारण सेयरबजार बन्द हुनेछ । आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन ।
कम्पनीले असोज १८ गते,ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा २३ औँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ । सभाले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभामा कम्पनीले लाभांश सहित प्रिमियम मूल्यमा थप सर्वाजनिक निष्कासन (एफपीओ)को विशेष प्रस्ताव पनि पारित गर्नेछ। साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ र आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरीक्षक नियुक्त गर्नेछ ।













प्रतिकृया