नेपाल धितोपत्र बोर्डसँग दुइ इन्स्योरेन्स कम्पनीले हकप्रद ल्याउने अनुमति मागेको छ । सन नेपाल लाइफ र नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।
सन नेपाल लाइफले २७ प्रतिशत अर्थात १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि अनुमति मागेको हो । धितोपत्र बोर्डले अनुमति दिएपश्चात कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँबराबरको हकप्रद जारी गर्नेछ। जसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०० रुपैयाँ अंकित मूल्यमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर जारी गर्नेछ। कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ छ।
त्यस्तै, नेपाल इन्स्योरेन्सले पनि चुक्तापूँजीको ४० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको छ । कम्पनीले गत असार २४ गते बोर्डसँग हकप्रदका लागि अनुमति मागेको हो । धितोपत्र बोर्डको अनुमति पश्चात कम्पनीले १०ः४ अनुपातमा ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँ बराबरको हकप्रद जारी गर्नेछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६५ लाख ७६ हजार ९३७.७६ कित्ता हकप्रद सेयर गर्नेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमाएनआइएमबी एस क्यापिटल रहेको छ।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)







![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया