नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा बढ्दा अन्य सूचक कस्ता?

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण २२ गते
नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा बढ्दा अन्य सूचक कस्ता?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिकसम्मको अपरिस्कृत वित्तीय विवरणमा प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको खुद नाफा ३९.७१ प्रतिशतले बढेको छ।
यस्तो छ बैंकको प्रमुख वित्तीय सूचकहरुको परिदृश्य:

खुद नाफा:
बैंकले अघिल्लो आर्थिक वर्षको आषाढ मसान्त सम्ममा ३ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो जुन गत आर्थिक वर्षको सोही अवधिमा ३९.७१ प्रतिशतले बढेर ५ अर्ब १९ करोड रुपैयाँ पुगेको छ।

सञ्चालन मुनाफा:
बैंकको सञ्चालन मुनाफा २१.६२ प्रतिशतले बढेर ८ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ३६ करोड रुपैयाँ कमाएको थियो।

खराब कर्जा अनुपात:
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आषाढ मसान्त सम्ममा बैंकको खराब कर्जा अनुपात झिनो अंकले बढेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको खराब कर्जा अनुपात ४.५४ प्रतिशत थियो जुन बढेर ४.९५ प्रतिशत पुगेको छ।

निक्षेप संकलन र कर्जा प्रवाह:
बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ। बैंकले चौथो त्रैमासिक सम्ममा ४ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

जगेडा कोष:
बैंकको जगेडा कोषको आकार बढेको छ। आषाढ मसान्त सम्ममा बैंकको जगेडा कोषमा ३० अर्ब ५६ करोड रुपैयाँ रहेको छ।

इम्पेयरमेन्ट चार्ज:
बैंकले सम्भावित जोखिम व्यवस्थापनका लागि इम्पेयरमेन्ट चार्ज छुट्याउनु पर्छ। बैंकले इम्पेयरमेन्ट चार्जको रूपमा ३ अर्ब २० करोड छुट्याएको छ।

वितरणयोग्य मुनाफा:
असार मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४३ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

प्रतिसेयर आम्दानी :
असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी १५.२३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ देखिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स