SHAREHUBSHAREHUB

डुबानमा परेपछि सिद्धिस्मृति अस्पतालको सेवा बन्द

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन १३ गते
AdvertisementAds
डुबानमा परेपछि सिद्धिस्मृति अस्पतालको सेवा बन्द
AdvertisementAds

हनुमन्ते खोलाको बाढी पसेर क्षति पुर्याएपछि भक्तपुर नगरपालिकाको जगाति आदर्शस्थित सिद्धिस्मृति महिला तथा बाल अस्पतालको सेवा बन्द गरिएको छ ।

अस्पताल प्रशासनले शनिबार सूचना जारी गर्दै अस्पतालको अत्यावश्यक सेवा प्रदान गरिँदै आएको भवनभित्र बाढी पसेपछि यथास्थितिमा सेवा दिन नसक्ने जनाएको छ । अर्को सूचना जारी नभएसम्मका लागि अस्पतालका सबै सेवा बन्द गरिएको छ । अस्पतालले आकस्मिक सेवालगायत ओपिडी, फिजियोथेरापी, खोप, दन्त सेवा, भिडियो एक्सरेलगायत सबै सेवा बन्द गरिएको जनाएको छ ।

यसैबीच भक्तपुर अस्पतालले भने विपद्को समयमा उपचारका लागि आउने बिरामीको उपचार गरिरहेको जनाएको छ । भक्तपुर अस्पतालकी निर्देशक डा सुमित्रा गौतमले बाढी, पहिरो र डुबानमा परी घाइते भएका वा बिरामी परेकाको उपचार गरिने बताए । जस्तोसुकै अवस्थामा पनि सहज सेवा दिनेगरी अस्पतालले तयारी गरिरहेको उनले बताए । अस्पतालले आकस्मिक सेवालगायत सबै सेवा सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स