जीवन विकास लघुवित्तको ९१ लाख ६३ हजार कित्ता बढी सेयरको लकइन सकिदै

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ १७ गते
जीवन विकास लघुवित्तको ९१ लाख ६३ हजार कित्ता बढी सेयरको लकइन सकिदै
AdvertisementAds

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको  ९१ लाख ६३ हजार कित्ता बढी सेयरको लक इन अवधि असार २२ गते समाप्त हुने भएको छ । कम्पनीको ९० लाख ९५ हजार ७५२.५७ कित्ता संस्थापक सेयर र ६७ हजार ३७५.९५ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको गरी कुल ९१ लाख ६३ हजार १२८.५२ कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो ।

नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार साधारण सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरी बाँडफाँट गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीहरुको सेयर, स्थानीय बासिन्दाहरु तथा कर्मचारीहरुलाई बाँडफाँट गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था रहेको छ ।

सोहि निर्देशन अनुसार कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेर बाँडफाँड गरेको मिति आगामी असार २२ गते समाप्त हुन लागेकाले उक्त अवधिभर लक इनमा रहेका संस्थापक तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिन लागेको कम्पनीले जनाएको छ ।

#BajarkoCHIrfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स