ग्रीन डेभलपमेन्ट बैंकको २ आर्थिक वर्षको साधारण सभा एकैपटक बोलाएको छ । ग्रीन डेभलपमेन्ट बैंकको आर्थिक वर्ष २०७८–७९ र २०७९–८० वार्षिक साधारण सभा मंगलबार चैत २७ गते बस्न लागेको हो । साधारण सभा मेजेस्टिक लेक फ्रन्ट एन्ड सुइट पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ |
सभामा सेयरधनीलाई ३.८% बोनस सेयर र कर प्रयोजनका लागि ०.२०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यस्तै, २ आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय अनुसूचीहरु छलफल गरी पारित गर्ने एजेण्डा रहेको बैंकले जनाएको छ ।
साधारण सभा प्रयोजनका लागि चैत ९ गते बुक क्लोज गरिसकेको छ । चैत ८ गते बिहीबारसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
















![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया