चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था घाटामा पुगेको छ। निष्क्रिय कर्जा १०.६३ प्रतिशतले बढेपछि संस्था नोक्सानीमा पुगेको हो। समिक्षा अवधिमा लघुवित्तले २६ करोड ११ लाख रुपैयाँ घाटा व्यहोरेको छ, अघिल्लो वर्ष सोही अवधिमा भने यसले १ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो।
चालु वर्षको असोज मसान्तसम्ममा लघुवित्तको खराब कर्जा दर १६.१४ प्रतिशत पुगेको छ। गत वर्षको सोही अवधिमा खराब कर्जा दर ५.५२ प्रतिशत मात्र थियो। खराब कर्जा बढेसँगै इम्पेयरमेन्ट चार्ज पनि उल्लेख्य रूपमा बढेको छ। लघुवित्तले गत वर्ष २ करोड ५१ लाख रहेको इम्पेयरमेन्ट चार्ज छुट्याएको थियो जुन यो वर्ष २७ करोड ८० लाख रुपैयाँ पुगेको छ।
समिक्षा अवधिमा लघुवित्तको निक्षेप संकलन थोरै बढेपनि कर्जा लगानीमा गिरावट देखिएको छ। कम्पनीले असोज मसान्तसम्ममा ११ अर्ब ३२ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ५५ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८७ करोड ९९ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको प्रतिसेयर आम्दानी ७४ रुपैयाँ ७३ पैसा ऋणात्मक रहेको छ भने प्रति सेयर नेटवर्थ १६२ रुपैयाँ ९५ पैसा रहेको छ।









![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया