फागुन ३० गतेदेखि नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार हुने

बजारको चिरफार
बजारको चिरफार
२०८० फाल्गुन २७ गते
फागुन ३० गतेदेखि नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार हुने

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ३० गते, बुधबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्।

 नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिएर ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गर्नेछन्। यी दुई कम्पनीबीच १ बराबर १ को अनुपातमा मर्ज भएको हो ।

नेपाल राष्ट्र बैंकले गत कात्तिक ३ गते नेरुडे र मिर्मिरे लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो। भने दुवै लघुवित्त कम्पनीको गत वैशाख १० गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रक्रियालाई अनुमोदन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स