नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ करोड २७ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्त २ करोड ४८ लाख रुपैयाँ नाफामा थियो।
खुद ब्याज आम्दानी १६१.३४ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ७ करोड ५७ लाख रुपैयाँ रहेको लघुवित्तको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २६ करोड २४ लाख रुपैयाँ पुगेको छ। इम्पेरेमेन्ट चार्ज बढेसँगै नेरुडे मिर्मिरेको नाफा ऋणात्मक बनेको हो ।
१ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब १७ करोड ७४ लाख रुपैयाँ सञ्चित छ। दोस्रो त्रैमाससम्ममा लघुवित्तले १७ अर्ब ४८ करोड ३२ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट २० अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १९ करोड ८४ लाख रुपैयाँ ऋणात्मक रहेको छ। त्यस्तै, नाफा ऋणात्मक भएसंगै कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९७ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ २४ पैसा रहेको छ।






![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-768x432.jpg)




![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया