कीर्तिपुर मेयरमा रास्वपाले उम्मेदवारी नदिई स्वतन्त्र उम्मेदवारलाई समर्थन दिने

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २ गते
कीर्तिपुर मेयरमा रास्वपाले उम्मेदवारी नदिई स्वतन्त्र उम्मेदवारलाई समर्थन दिने

मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी नदिने निर्णय गरेको छ। आज बिहानदेखि सुरू भएको मनोनयन दर्तामा रास्वपाले सहभागी नहुने जनाएको छ।

रास्वपाले स्वतन्त्र उम्मेदवारमध्ये एकलाई समर्थन गर्ने र त्यसबारे निर्णय गर्न बैठक बस्ने बताएको छ।

काठमाडौं महानगरपालिका-१६ को अध्यक्ष पदका लागि भने रास्वपाले रोजिना श्रेष्ठलाई उम्मेदवार बनाएको छ।

यसअघि पार्टीले कीर्तिपुर मेयरका लागि नगर सभापति जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरे पनि अन्ततः उम्मेदवारी दर्ता नगराउने निर्णय भएको हो।

कीर्तिपुर मेयर पदका लागि नेपाली कांग्रेसका कृष्णमान डंगोल, एमालेका डा. सुरेन्द्र महर्जन, माओवादी केन्द्रका प्रा. डा. शिवशरण महर्जन, र नेपाल समाजवादी पार्टी (नेसपा)का दिलकुमार महर्जनबीच प्रतिस्पर्धा हुनेछ। एकीकृत समाजवादीले माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स