कामना सेवा विकास बैंकले आफ्ना सेयरधनीहरूलाई नगद लाभांश खातामा पठाएको छ । बैंकले असोज ३० गते आफ्नो साधारण सभा सम्पन्न गरेपछि कात्तिक १ गतेबाट सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाउन सुरु गरेको हो। बैंकले सेयरधनीहरुको उल्लेख भएको हितग्राही खातामा ५ प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गरेको जनाएको छ ।
हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीहरूलाई पनि तुरुन्त आफ्नो विवरण अपडेट गर्न आग्रह गरेको छ । त्यसपछि मात्र खातामा नगद लाभांश जम्मा हुन्छ। बैंकको असोज ३० गते सम्पन्न सभाले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।














![अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/Stay-Updated-With.-1-17-150x150.png)



प्रतिकृया