काठमाडौँ महानगरपालिकाले दरबारमार्गमा जथाभावी फोहोर गरेको आरोपमा नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ।
महानगरले नेकपा एमाले पार्टी कार्यालयलाई पठाएको पत्रमा मंसिर ७ गते काठमाडौं महानगरपालिका वडा नम्बर १, दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सडक र सडकपेटीमा फोहोर गरी वातावरण प्रदूषण गरेको उल्लेख गरिएको छ। यो कार्य फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ अनुसार जरिवानायोग्य ठहरिएको छ।
शुक्रबार काठमाडौँ , ललितपुर, र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा जागरण सभा गरिएको थियो। सभापछि फैलिएको फोहोरप्रति ध्यानाकर्षण गर्दै महानगरले पार्टीलाई कानूनी कार्यवाही गरेको हो।











![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया