एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख २३ गते
एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्कर बहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् ।

पार्टी उपाध्यक्षमा किरण राई, सचिवमा एक्सन राई, उपसचिव खुला तर्फ दौलथ कुमार कुलुङ, उपसचिव महिला तर्फ रमा देवी राई विजयी भएकी छन्  । नयाँ नेतृत्व चयनका लागि ८१ वटा वडाका छ सय आठ प्रतिनिधि मध्ये पाँच सय ७३ जनाले मतदान गरेका थिए । सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि पाँच पदाधिकारी, पाँच खुला सदस्य र तीन खुला महिला सदस्यका लागि निर्वाचन भएको थियो ।

खुला सदस्यमा इन्द्र थापा, रेवती रमन थापा, बद्री नाथ निरौला, राजेश कटुवाल, नवीन प्रधान तथा महिला सदस्य तर्फ आशा देवी राई, सुस्मिता राई र सङ्गीता कँडेल निर्वाचित भएकी छन् । अधिवेशनले पदाधिकारी सहित ९० सदस्यीय कार्य समिति चयन गरेको हो ।

#bajarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स