इरानलाई नेतन्याहुको चेतावनी- ठुलो मुल्य चुकाउनुपर्ने छ

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन १६ गते
इरानलाई नेतन्याहुको चेतावनी- ठुलो मुल्य चुकाउनुपर्ने छ

इरानको आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानले ठुलो मुल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

उनले भने, ‘इरानले आज राति ठूलो गल्ती गरेको छ र त्यसको मूल्य चुकाउनुपर्नेछ ।’

इजरायली मन्त्रिपरिषद् बैठकको उद्घाटन गर्दै नेतान्याहुले इरानले आफ्ना शत्रुहरूविरुद्ध बदला लिन कटिबद्ध रहेको इरानले नबुझेको बताए ।

यसअघि इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इरानको आक्रमणको बचाउ गर्दै इजरायली प्रधानमन्त्री नेतन्याहुलाई चेतावनी दिएका थिए ।

पेजेस्कियानले एक्समा लेखेका छन्- ‘इरान र क्षेत्रको शान्ति र सुरक्षालाई ‘वैध अधिकार’ सहित ‘निर्णायक’ प्रतिक्रिया दिएको छ, जुन इरानका हित र नागरिकहरूको सुरक्षाको लागि हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स