इन्फिनिटी लघुवित्तको ५४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, क-कसले आवेदन दिन सक्ने ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १४ गते
इन्फिनिटी लघुवित्तको ५४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, क-कसले आवेदन दिन सक्ने ?
AdvertisementAds

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले ५४ हजार ५१६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यसमध्ये ३३ हजार ५१६ कित्ता सेयरमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले कात्तिक १४ गतेबाट ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय, गैंडाकोट, नवलपरासीमा आवेदन दिनुपर्नेछ।

त्यस्तै, २१हजार कित्ता सेयरमा भने जो कोही व्यक्ति, कम्पनी, तथा विभिन्न संघ–संस्थाहरूले आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुक आवेदकहरूले कात्तिक १४ गतेदेखि १५ दिनभित्र गैंडाकोटस्थित संस्थाको केन्द्रीय कार्यालयमा शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स