अपि पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (कात्तिक १) अन्तिम दिन हो। साधारणसभा तथा लाभांश वितरणका लागि कम्पनीले शुक्रबार (कात्तिक २ गते) बुक क्लोज गर्नेछ भने सभा कात्तिक ११ गते बस्नेछ।
आजसम्म कायम रहेका सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र कम्पनीको सभामा सहभागी हुन पाउनेछन्।
कम्पनीले ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको छ।
यसअघि प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ०.४७३७ प्रतिशत नगद लाभांशलाई विद्युत नियमन आयोगले अनुमति नदिएपछि कम्पनीले संशोधन गर्दै यो नयाँ प्रस्ताव ल्याएको हो।













![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया