नेपाल एसबीआई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेखनीय वृद्धि गरेको छ। यस अवधिमा बैंकले ८१ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको यसै अवधिको ४७ करोड ९१ लाख रुपैयाँ नाफाको तुलनामा ७० प्रतिशतले बढी हो।
बैंकको खुद ब्याज आम्दानी भने २.४३ प्रतिशतले घटेको छ। बैंकको चुक्ता पुँजी १० अर्ब ५० करोड १ लाख ५२ हजार रुपैयाँ छ भने जगेडा कोषमा ७ अर्ब ९२ करोड रुपैयाँ रहेको छ। साथै, बैंकको संचालन नाफा ७८.६२ प्रतिशतले वृद्धि भएको छ र वितरणयोग्य नाफा १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। प्रतिसेयर आम्दानी ३१.०३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १९३.४६ रुपैयाँ रहेको छ।








![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)





प्रतिकृया