नेकपा (एमाले) भित्र नेतृत्व परिवर्तनको माग गर्दै युवा नेताहरूले पुनर्जागरण भेला आयोजना गरेका छन्। शनिबार काठमाडौंको मीनभवनमा भएको भेलाबाट उनीहरूले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेका हुन्।
करिब चार घण्टा चलेको भेलामा केन्द्रीय सदस्यसहित करिब सय बढी नेता–कार्यकर्ता सहभागी भएका थिए। सहभागीहरूले पछिल्लो चुनावी हारको मुख्य जिम्मेवार वर्तमान नेतृत्वको कार्यशैली रहेको बताएका छन्।
भेलामा युवाहरूले पार्टीमा आफ्ना भूमिकालाई कमजोर बनाइएको र योग्य व्यक्तिहरूलाई गुटबन्दीको आरोप लगाएर अवसर नदिएको गुनासो गरेका छन्। उनीहरूले पार्टीभित्र विचार राख्ने वातावरणसमेत नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
अब देशभर अभियान चलाएर पार्टी पुनर्जागरण र पुस्तान्तरणको बहस अघि बढाउने निर्णय पनि भेलाले गरेको छ। यसका लागि सातै प्रदेशमा कार्यक्रम गर्ने तयारी गरिएको छ।
युवाहरूले विशेष महाधिवेशनको मागलाई थप बलियो बनाउँदै हस्ताक्षर संकलन अभियान पनि तीव्र बनाउने बताएका छन्। नेतृत्व परिवर्तन नभएसम्म पार्टीको भविष्य जोखिममा पर्न सक्ने बैठकको निष्कर्ष छ ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया