सर्वोच्च अदालतमा राज्यका विशिष्ट अधिकारीहरूले विदेशमा गएर उपचार गर्दा राज्यकोषबाट भुक्तानी गरिएको खर्च फिर्ता गराउन माग गर्दै रिट निवेदन दर्ता भएको छ। सरोज कुमार न्यौपानेले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँगै पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, झलनाथ खनाल तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई विपक्षी बनाइएको छ।
यद्यपि समान प्रकृतिको उपचार खर्च भुक्तान भएका राष्ट्रपति रामचन्द्र पौडेललाई भने प्रतिवादी बनाइएको छैन।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार जनस्वास्थ्य ऐन, २०७५ को प्रतिकूल हुनेगरी विदेश उपचार खर्च राज्यकोषबाट व्यहोरेको भन्दै उक्त रकम फिर्ता गराउन माग गरिएको हो। यसअघि सर्वोच्च अदालतले १४ वैशाखमा पूर्व विशिष्ट व्यक्तिहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट खर्च व्यहोर्न पाउने व्यवस्था रहेको नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी कार्यविधि, २०७३ को दफा १२(१) खारेज गरेको थियो।
जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० मा विदेशमा उपचार गर्नुपर्ने भए त्यसको खर्च नेपाल सरकारले उपलब्ध नगराउने स्पष्ट व्यवस्था भए पनि विगतमा मन्त्रिपरिषद्को निर्णयमार्फत पूर्वविशिष्ट पदाधिकारीहरूको विदेश उपचार खर्च व्यहोर्ने अभ्यास हुँदै आएको थियो। बिहीबार दर्ता भएको उक्त रिटमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ हुने जनाइएको छ।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया