रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही साता अघि देखि नियमित उडान भर्दै आएको कतार एयरवेजको उडान स्थगित गरेको छ । गौतमबुद्ध विमानस्थलमा मंसिर १५ गतेसम्म उडान भर्न अनुमति लिएको कतार एयरवेजले त्यसपछि समय नथपेपछि उडान स्थगित भएको हो ।
यसअघि कतार एयरवेजले कात्तिक २७ गतेदेखि भैरहवामा वाइडबडी विमान एयरबस ३३० मार्फत दोहा–भैरहवा–काठमाडौं–दोहा रुटमा दैनिक एक व्यावसायिक उडान सुरु गरेको थियो । हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट भने नेपाल एयरलाइन्स, जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले नियमित उडान भर्दै आएका छन् ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया