चुनाव चिह्न ‘तारा’ राख्दा बामदेव गौतम किन भए खुसी ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १७ गते
चुनाव चिह्न ‘तारा’ राख्दा बामदेव गौतम किन भए खुसी ?

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य दलहरूको एकताबाट बन्ने नयाँ पार्टीको चुनाव चिह्न ‘तारा’ राखिएको छ, जसमा बामदेव गौतम सबैभन्दा खुसी भएका छन्। हिजो भएको आठ घटकको नेताहरूको बैठकमा गौतमले आफ्नो खुसी व्यक्त गर्दै भने, “यो चिह्न मैले चुनेको हुँ। घुम्दै फिर्दै तारा र मेरो फेरि भेट भयो, म धेरै खुसी छु।”

गौतमले २०५४ मा एमालेबाट अलग भएर स्थापना गरेको माले पार्टीको चुनाव चिह्न पनि तारा थियो। २०५६ सालमा मालेका उम्मेदवारहरूले यही तारा चिह्न प्रयोग गरेका थिए। पछि गौतमले माले पार्टीलाई एमालेमा मिसाए तर केही नेताहरू जसमा सीपी मैनाली पनि छन् एमाले फर्किएनन्। उनीहरूले जोगाएको तारा चिह्न अब नयाँ पार्टीले प्रयोग गर्न लागेको हो।

संयोगवश, गौतम केही समयअघि मात्र एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। उनले नेताहरूसँग भनेका छन्, “मैले चुने पनि छोडेको थिएँ, फेरि यो चिह्नसँग मेरो भेट भयो।” नयाँ पार्टीको नाम टुंगो लाग्न बाँकी छ। नेताहरूले नेकपा (समाजवादी), नेपाली कम्युनिष्ट पार्टी वा नेपाली कम्युनिष्ट पार्टी (समाजवादी) राख्नेबारे छलफल भइरहेको जानकारी दिएका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स