४७ करोड कमाएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ हलहरूबाट किन हटाइँदैछ?

४७ करोड कमाएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ हलहरूबाट किन हटाइँदैछ?
Advertisement Ads

सर्वाधिक कमाइको रेकर्ड बनाएको नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ सोमबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शन नहुने भएको छ।

निर्माता कम्पनी सेभेन सिस सिनेमाले शनिबार विज्ञप्ति जारी गर्दै केही हलहरूले चलचित्रलाई नजर अन्दाज गरेकाले यस्तो निर्णय लिएको जानकारी दिएको छ।

विज्ञप्तिमा भनिएको छ, “पछिल्ला चुनौतीहरू र केही सिनेमा घरहरूले देखाएको व्यवहारका कारण यो निर्णय अपरिहार्य भएको हो।”

विजय बराल अभिनीत यो फिल्मले नेपालमा ४७ करोडभन्दा बढी व्यापार गरिसकेको छ। तर, भारतीय फिल्म ‘पुष्पा २’ प्रदर्शनपछि फिल्मको शो उल्लेख्य रूपमा घटाइएको थियो।

निर्माताले आरोप लगाउँदै भनेका छन्, “पूर्ण बहादुरको सारङ्गीलाई कर्नरिङ गरिएपछि हामी विद्रोह गर्ने अवस्थामा पुग्यौं। अहिले पनि हामी कात्तिक १५, १६, र १७ जस्तै परिस्थितिमा छौं।”

purna bahadurko sarangi 1733559813 https://bajarkochirfar.com/why-is-the-film-poorna-bahadur-ko-sarangi-which-earned-47-crores-being-removed-from-the-theatres | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स