त्रिविले किन स्थगित गर्यो मधेशका ११ केन्द्रको एमबीएस परीक्षा ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १५ गते
त्रिविले किन स्थगित गर्यो मधेशका ११ केन्द्रको एमबीएस परीक्षा ?
AdvertisementAds

 त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्काय, परीक्षा नियन्त्रण महाशाखाले मधेश प्रदेशका ११ वटा परीक्षा केन्द्रमा सञ्चालन हुने एमबीएस दोस्रो सेमेस्टरको परीक्षा स्थगित गरेको छ।

शुक्रबार सूचना जारी गर्दै महाशाखाले त्यहाँ देखिएको असहज परिस्थितिका कारण आज सञ्चालन हुने मार्केटिङ म्यानेजमेन्ट विषयको परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो।

महाशाखाका अनुसार स्थगित गरिएको विषयबाहेक अन्य सबै विषयको परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुनेछ। साथै, स्थगित गरिएका केन्द्रबाहेक अन्य सबै परीक्षा केन्द्रमा परीक्षा नियमित रूपमा सञ्चालन गरिने जनाइएको छ।

परीक्षा स्थगित गरिएका केन्द्रहरूमा रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (जनकपुर), सर्लाही क्याम्पस (मलंगवा), जनज्योति बहुमुखी क्याम्पस (लालबन्दी), सूर्यनारायण सत्यनारायण मोरबैता यादव क्याम्पस (सिरहा), जेएस मुरारका बहुमुखी क्याम्पस (लहान), श्री महेन्द्रनारायण निधि बहुमुखी क्याम्पस (राजविराज), नेसनल पिपुल कलेज (कञ्चनपुर–८, सप्तरी), जनज्योति बहुमुखी क्याम्पस (चन्द्रनिगाहपुर), गोरीशंकर यादव रौतहट क्याम्पस (गौर), सिमरा कलेज (बारा) र ठाकुरराम बहुमुखी क्याम्पस (वीरगञ्ज) रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स