नेपाल प्रहरीका पूर्वआइजिपी खनालले एमाले पार्टी किन छोडे ?

नेपाल प्रहरीका पूर्वआइजिपी खनालले एमाले पार्टी किन छोडे ?

नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनालले एमाले पार्टी परित्याग गरेका छन्।

आइतबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै खनालले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको जानकारी गराएका छन्।

उनले लेखेका छन्, “हजुरहरु मेरो राजनीतिक स्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यम बाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन। म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकुल सधैं सक्दो कार्यहरु गरिरहने छु ।”

खनाल २०७९ को असोजमा एमाले प्रवेश गरेका थिए। सोही वर्षको प्रतिनिधि सभा निर्वाचनमा उनले काठमाडौं क्षेत्र नम्बर ६ बाट एमालेको तर्फबाट उम्मेदवारी दिएका थिए, तर रास्वपाका शिशिर खनालसँग पराजित भए। सर्वेन्द्रले उक्त निर्वाचनमा ८,९११ मत प्राप्त गरेका थिए।

त्यसपछि तनहुँको उपनिर्वाचनमा पनि एमालेले उनलाई उम्मेदवार बनाएको थियो। उक्त निर्वाचनमा उनले करिब ८,५०० मत प्राप्त गर्दै तेस्रो स्थानमा चित्त बुझाउनुपरेको थियो।

download https://bajarkochirfar.com/why-did-former-igp-khanal-of-nepal-police-leave-the-uml-party | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स