जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहका सेयर बिक्रीमा राखेको छ। संस्थापक सेयरधनी बिसनदेव मण्डल गन्गाईको नाममा रहेको ८ हजार कित्ता र निरज पोख्रेलको नाममा रहेको १२ हजार ४०० कित्ता गरी कुल २० हजार ४०० कित्ता संस्थापक सेयर बिक्री गर्न लागिएको हो।
प्रचलित व्यवस्था अनुसार संस्थापक सेयर बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीलाई नै पहिलो प्राथमिकता दिनुपर्ने भएकाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र इच्छुक संस्थापक सेयरधनीले आवेदन दिनुपर्नेछ।
सेयर खरिद गर्न चाहने संस्थापकले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर मोरङको कटहरी–२ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आशयपत्र पेश गर्नुपर्ने जनाइएको छ।
निर्धारित अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट कुनै आवेदन नपरेमा वा आंशिक आवेदन मात्र परेमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ।




















प्रतिकृया