दुई लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहका सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएका छन्।
नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको ३ लाख ५६ हजार ७०८ कित्ता सेयर बिक्रीमा ल्याएको हो। इच्छुक व्यक्तिहरूले आवश्यक कागजातसहित बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा अबको ३५ दिनभित्र लिखित निवेदन पेश गर्न सक्नेछन्।
त्यस्तै, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार ६४० कित्ता संस्थापक सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको छ। यसका लागि इच्छुकहरूले पोखरास्थित केन्द्रीय कार्यालयमा अबको १५ दिनभित्र आवश्यक कागजातसहित निवेदन दिनुपर्नेछ।
कम्पनीहरूका अनुसार, यी सेयरहरू पहिले संस्थापक सेयरधनीलाई प्राथमिकता दिई खरीदका लागि प्रस्ताव गरिएका थिए। तर, उक्त समूहबाट खरीद नभएपछि सेयर सर्वसाधारणलाई खुला गरिएको हो।
















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया