यसकारण बढ्यो कालिका लघुवित्तको नाफा

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २० गते
यसकारण बढ्यो कालिका लघुवित्तको नाफा
Advertisement Ads

कालिका लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा १९.६३ प्रतिशतले बढेर २ करोड ३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले १ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानीमा बढेका कारण नाफा बढ्न पुगेको हो। पहिलो त्रैमासमा कालिका लघुवित्तको खुद ब्याज आम्दानी ३१.२३ प्रतिशतले बढेर १० करोड ८७ लाख रुपैयाँ पुगेको छ। यस्तै, सञ्चालन मुनाफा १९.४५ प्रतिशतले बढेर २ करोड ९० लाख रुपैयाँ पुगेको छ।

🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट

लघुवित्तको खराब कर्जा अनुपात २.१६ प्रतिशतबिन्दुले बढेर ६.४० प्रतिशत पुगेको छ, जुन अघिल्लो आवको सोही अवधिमा ४.२४ प्रतिशत थियो।

४० करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ३७ करोड ३० लाख रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ९६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४२ पैसा रहेको छ।

समीक्षा अवधिमा संस्थाले १ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन र २ अर्ब ५१ करोड रुपैयाँ सापटी गरी ४ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।संस्थाको प्रतिसेयर आम्दानी १९.९६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९१.५१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५०.८५ गुणा रहेको छ।

KMCDB 1 https://bajarkochirfar.com/this-is-why-kalika-laghubittas-profit-increased | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स