कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक सेयरधनी (समूह क) को नाममा रहेको ३९,४२० कित्ता सेयर बिक्रीमा राखेको हो।
उक्त सेयर जोसुकै व्यक्ति वा कम्पनीले खरिद आवेदन दिन सक्नेछन्। कम्पनीले यसअघि ३५ दिने सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरूको लागि सेयर बिक्रीको अवसर दिएको थियो। तर, कुनै पनि लिखित आवेदन नपरेपछि अब सेयर आम सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ। आवेदन सूचना प्रकाशित भएको १५ दिनभित्र दिनुपर्नेछ।

















![हाइड्रोको सेयरमा चुनौती कि अवसर? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/no_L8Oe58vM-maxresdefault-150x150.jpg)
![भीषण वर्षा र बाढीले हाइड्रोमा के कति क्षति पुर्यायो ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/CAS7NTAZCBs-maxresdefault-150x150.jpg)
प्रतिकृया