प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आइतबार सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। सोही विवरणअनुसार अर्थमन्त्री वाग्लेको सम्पत्तिमा घरजग्गा, सुन, नगद र सेयरमा उल्लेख्य लगानी देखिएको छ।
सार्वजनिक विवरणअनुसार वाग्लेको नाममा ललितपुर र काभ्रेमा गरी करिब १० करोड ७५ लाख रुपैयाँ बराबरका दुई वटा अपार्टमेन्ट रहेका छन्। साथै तनहुँको बन्दिपुरमा करिब २ करोड रुपैयाँ मूल्य बराबरको ३ रोपनी ३ आना जग्गा र भानु नगरपालिकामा ८ लाख ५० हजार रुपैयाँ बराबरको ६ रोपनी जग्गा रहेको उल्लेख छ।
उनले ४५ तोला सुन रहेको बताएका छन्। त्यस्तै हिमालय बैंक, सानिमा बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकमा गरी करिब १ करोड ९० लाख रुपैयाँ नगद मौज्दात रहेको विवरणमा उल्लेख गरिएको छ।
यसैगरी अर्थमन्त्री वाग्लेको विभिन्न कम्पनीहरूको सेयरमा पनि ठूलो लगानी रहेको देखिएको छ। सानिमा मिडल तमोर हाइड्रोमा ७१ हजार ९३ कित्ता र सांग्रिला विकास बैंकमा २५ हजार ७५२ कित्ता सेयर रहेको जनाएका छन्।
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?
साथै नेशनल फन्ड म्यानेज्मेन्ट लिमिटेडमा ९० लाख रुपैयाँ, ठूलो खोलामा ६० लाख रुपैयाँ र अपर मादी खोला हाइड्रोमा ३ करोडको सेयर लगानी रहेको विवरणमा उल्लेख छ।


प्रतिकृया